Logo

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची



काठमाडौं, भदौ ६ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । नयाँबानेश्वरस्थित संसद भवनमा दिउँसो सवा १ बजे बस्ने आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानून व्यवसायी परिषद (तेस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नेछन् ।

यस्तै, मन्त्री चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफावार छलफल गरी पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस्