Logo

प्रचण्डले किन गरे फेरि सरकारमा जाने कुरा



काठमाडौं, ६ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो प्राथमिकतामा सरकार नभएपनि सरकारले नै आफूहरुलाई खोज्दै आउने दाबी गरेका छन् । पार्टीको बाग्मती प्रदेश संयोजन समितिको बैठकमा ब्रिफिङ गर्ने क्रममा दाहालले तत्काल पार्टीको प्राथमिकतामा सरकार नभएको जिकिर गरे । तर, सरकारमा जाँदै नजाने भनेर बस्न नहुने उनको भनाई थियो ।

बैठकमा सहभागी एक नेताकाअनुसार प्रचण्डले एमालेसँगको सहकार्य गर्नु गलत थियो भन्ने रियलाईजेशन गरेका थिए । उनले एमाले नेतृत्वले आफूलाई गम्भीर धोका दिएको निश्कर्ष सुनाएका थिए । कांग्रेससँगको सहकार्य छोडेर एमालेसँग जानु आफ्नो ठूलो गल्ती भएको भन्दै त्यसबाट पाठ सिकेको बताएका थिए ।

उनले अहिले माओवादीले सरकारमा जान कुनै कसरत नगर्ने बताए । तर, उनले सरकार नै आफूहरुलाई खोज्दै आउने सम्भावना रहेको सुनाए । सो क्रममा उनले कांग्रेस र एमालेबीचको सत्ता–सहकार्य लामो नजाने पनि दाबी गरेका थिए । उनले कांग्रेस र एमालेका नेतृत्वबीच आशंका सुरु भैसकेको भन्दै पछिल्लो घट्ना परराष्ट्रमन्त्री डा. आरजु राणालाई भारतले दिएको सम्मानबाट प्रधानमन्त्री केपी शर्मा ओली झस्किएको उनको टिप्पणी थियो । file photo



प्रतिक्रिया दिनुहोस्