Logo

प्रधानमन्त्री ओलीको कार्यक्षमतामाथि सुमना श्रेष्ठले उठाईन् प्रश्न



काठमाडौं, ६ भदौ । रास्वपाकी सांसद सुमना श्रेष्ठले शिक्षामा राजनीतिकरण गर्न नहुने धारणा राखेकी छिन् । उनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै शिक्षालयमा दल चाहिन्छ भनेर वकालत गरेको भन्दै कडा आक्रोश पोखिन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन् ।

उनले भनिन्–‘शिक्षालयमा दल चाहिन्छ भनेर अहिले सेनापतिको रुपमा सबै ठाउँमा बोल्दै हिँड्ने सबै ठाउँमा दलगत हुनुपर्छ र राजनीति चाहिन्छ, शिक्षक र प्राध्यापकहरुले राजनीति गर्नुपर्छ भन्ने सेनापति को हुनुहुन्छ ? अहिलेका प्रधानमन्त्री ।जरोमा पनि उही, टुप्पोमा पनि उही । यसमा प्रधानमन्त्रीज्यूको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण चाहीँ के छ ? बताईदिनुपर्यो । यो प्रश्नमा मैले सरकारको, कुलपति र प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकार्षण गराए ।’

उनले रास्वपाले स्वास्थ्य, शिक्षा र प्रशासनजस्ता संवेदनशील क्षेत्रमा राजनीतिमुक्त गर्नुपर्ने आवाज उठाएको बताए । उनले विश्वविद्यालयमा राजनीति छिरेको प्रसंगमा अहिले बुद्धिभन्दा बल ठूलो र बलभन्दा दल ठूलोजस्तो व्यवहार देखिएको बताईन् । उनले अहिले विश्वविद्यालयमा देखिएको दृश्य दलीय राजनीतिकरणले निम्त्याएको दुर्दशा भएको टिप्पणी गरिन् ।



प्रतिक्रिया दिनुहोस्