Logo

हामीलाई प्रतिफल नदेखिनेगरि काम गर्ने कुनै छुट छैन: प्रधानमन्त्री ओली



काठमाडौं, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई जनताले या कसैलेपनि औंलो ठड्याउने ठाउँ नदिनेगरि काम गर्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा कांग्रेसका सांसद डा. नारायण खड्काको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले जनतामा निराशा नहोस भनेर सरकारले कामना मात्रै नगरेको बरु काम गरेको दाबी गरे । उनले भने,‘हामीलाई कुनै गल्ती गर्ने, अथवा कुनै अन्यौल सिर्जना हुनेगरि काम गर्ने, अथवा प्रतिफल नदेखिनेगरि काम गर्ने कुनै सुविधा छैन । कुनै छुट छैन ।’

उनले अहिलेपनि २० प्रतिशतभन्दा माथि जनता निरपेक्ष गरिबीको रेखामा रहेको भन्दै यसबाट जनतालाई माथि उठाउनेगरि काम गर्ने सुनाए । उनले सन् २०३० सम्म दिगो विकास गन्तव्यमा पुर्याउनुपर्नेमा पनि जोड दिए ।

उनले अहिलेपनि देशमा शिक्षा र स्वास्थ्य क्षेत्रमा समस्या व्याप्त रहेको सुनाए । तर, यो सरकारले समस्या नल्याएको उनको जिकिर छ । उनले वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र यसको कार्यान्वयनको पक्षमा स्प्पष्ट र दृढ रहेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्