Logo

भारतको चार दिने भ्रमण सकेर स्वदेश फकिईन् परराष्ट्रमन्त्री राणा, सम्बन्ध सुदृढ भएको दाबी



काठमाडौं, ६ भदौ । भारतको चार दिने भ्रमण सकेर परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छिन् । मन्त्री राणालाई त्रिभुवन विमानस्थलमा पर्यटनमन्त्री बद्री पाण्डेले स्वागत गरेका थिए । सो क्रममा उनले आफूले भारत भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको भेटवार्ताबारे प्रकाश पार्दै भेटमा नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने सम्बन्धमा विचारको आदानप्रदान गरेको जनाईन् ।

मन्त्री राणाले आफ्नो भारत भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको दाबी गरेकी छिन् । यस्तै, भ्रमणले आगामी दिनमा उच्चस्तरको भ्रमण आदानप्रदान गर्न सहयोग पुग्नेपनि उनको विश्वास छ ।

उनले भ्रमणको अवधिभर भारत सरकारबाट प्राप्त आतिथ्यता तथा न्यानो स्वागतका लागि भारत सरकारका विदेशमन्त्री डा. एश जयशंकर र सम्बद्ध सरकारी पदाधिकारीहरुप्रति धन्यवाद ज्ञापन गरेकी छिन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्