Logo

विश्वप्रकाशको प्रस्तावमाथि आरजुको प्रतिवाद, उठाईन अनुशासनको कुरा



काठमाडौं, ७ भदौ । परराष्ट्रमन्त्रीसमेत रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणाले महामन्त्री विश्वप्रकाश शर्माको प्रस्तावको प्रतिवाद गरेकी छिन् । शर्माले राष्ट्रपतिको लागि एक कार्यकाल, प्रधानमन्त्रीको लागि दुई कार्यकाल, मन्त्रीको लागि तीन कार्यकाल र सांसदको लागि चार कार्यकालको एक्जिट पोलिसीको कुरा उठाएका थिए ।

तर, जारी केन्द्रीय कार्यसमितिको बैकठमा नेतृ राणाले शर्माको प्रस्तावको विरोध गरिन् । उनले जनताबाट जित्ने कुरामा एक्जिट पोलिसी लागु गर्न नहुने भन्दै जनताबाट अनुमोदन भए जतिपटक भएपनि हुने धारणा राखेकी छिन् ।

यस्तै, उनले अहिले पार्टीभित्र अनुशासन नदेखिएको भन्दै तत्काल अनुशासन कायम गर्न जोड दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । राणाले पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउनको लागि अनुशासन अनिवार्य शर्त भएकोले त्यो कायम हुनुपर्नेमा जोड दिईन् । उनले पार्टीभित्र हुने गरेको अन्तरघात पनि रोकिनुपर्ने बताईन् । file photo



प्रतिक्रिया दिनुहोस्