Logo

बयानको लागि समितिमा पुग्ने क्रममा मिडियाकर्मीहरुबाट घेरिए रवि लामिछाने



काठमाडौं, ७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने समितिमा सहकारी ठगी प्रकरणमा बयानको लागि पुगेका छन् । सिंहदरबारस्थित् सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिमा पुगेका हुन् । समितिका सभापति सूर्य थापा छन् ।

उनी बयानको लागि सिंहदरबार पुग्दै गर्दा मिडियाकर्मीहरुले घेरिएका थिए । उनी बयानको लागि समितिमा पुग्दा सोही प्रकरणमा उनीसमेत जोडिएको पूर्व संस्था ग्यालेक्सी टिभीका लगानीकर्ता छविलाल जोशी भने बयान सकेर बाहिरिएका थिए ।

समितिका सभापति थापाकाअनुसार रवि लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो । लामिछानेपनि पूर्व तयारीअनुसार नै फाइलसहित समितिको हलमा पुगेका छन् । अहिले बयान सुरु भएको छ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्