Logo

आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना?



काठमाडौं, भदौ ८ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त वायुको प्रभावका कारण अहिले देशभर आंशिक देखि साधारणतया बदली रही कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भैरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।



प्रतिक्रिया दिनुहोस्