Logo

साफ च्याम्पियनशिप : सेमिफाइनलमा आज नेपाल र भुटान खेल्दै



काठमाडौं, ८ भदौ । २० वर्ष मुनीको साफ च्याम्पियनशिप अन्तर्गत पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान खेल्दैछन् । खेल दिउँसो ३ बजेदेखि एन्फा कम्प्लेस सातदोबाटोमा शुरु हुनेछ ।

नेपाल समूह ‘ए’ विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । यस्तै, दोस्रो सेमिफाइनलमा भोलि भारत र बङ्गलादेश खेल्नेछन् । लगातार वर्षाको कारण दशरथ रङ्गशालाको मैदान हिलो हुँदा सेमिफाइनल खेल पनि सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समै हुने भएको हो ।

यसअघि अखिल नेपाल फुटवल सङ्घ (एन्फा) ले सेमिफाइनलका खेलहरु दशरथ रङ्गशालामा हुने बताएको थियो । तर साफले पठाएको म्याच कमिस्नरले त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालाको मैदान अझै खेलाउन योग्य नदेखिएको रिपोर्ट दिएपछि खेल स्थान सारिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । फाइनल खेल बुधवार दशरथ रङ्गशालामा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्