Logo

कांग्रेस सभापति देउवा निवास अगाडि शंकास्पद वस्तु फेला



काठमाडौं, भदौ ९ । कैलालीको धनगढीस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु फेला परेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार एउटा पुरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको छ । उक्त वस्तु के हो भन्ने कुरा नखुलेको र नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाइएको कैलाली प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्