Logo

रामेछापमा पहिरोले घर पुरिँदा २ को मृत्यु, ११ बेपत्ता



काठमाडौं, भदौ ९ । रामेछापमा पहिरोले ४ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । शनिबार रातिको भीषण वर्षापछि आएको पहिरोले जिल्लाको शैलुङ्ग गाउँपालिका वडा नम्बर ३ लेखर्क पहरीगाउँका चार वटा घर पहिरोले बगाएको छ । स्थानीय संगिता पहरीले दिएको जानकारी अनुसार घर बगाउदा नाबालकसहित ११ जना बेपत्ता भएका छन् ।

पहिरोमा बेपत्ताहरुको खोजी कार्य सुर भएको छ । त्यस्तै, पहिरोले वडा नम्बर २ र ३ जोड्ने ढाईगाउँ खोलाको पुल समेत बगाएको । पहिरो गएको गाउँ जाने बाटोसमेत वर्षाले क्षतिग्रस्त बनाएका कारण उद्धारमा समस्या देखिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्