Logo

रामेछाप पहिरो : एकै परिवारका चारसहित ६ जनाको शव फेला, बेपत्ताको खोजी जारी



काठमाडौं, भदौ ९ । रामेछापको दोरम्बा शैलुङ ३ लेखर्कमा गएको पहिरोमा परी बेपत्ता भएका ६ जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा चण्डिका थापामगर र उनका २ वर्षका छोरा आयुष रहेका छन्। थापामगर शिक्षिका हुन्।

मृतक अन्य ४ जनाको पहिचान खुल्न बाँकी रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताइन्। पुड्की पहरी, उर्मिला पहरी, सन्तोष पहरी, विज्ञान पहरी, सन्दीप पहरी, काले पहरी झ्याउकिरी पहरी र विपिता पहरी पनि पहिरोमा परेका छन्।

भेटिएका थप ४ वटा शव उनीहरु मध्येकै हुनसक्ने अनुमान प्रहरीको छ। गएराति गएको पहिरोमा परी ४ जना अझै बेपत्ता छन्। अञ्जना पहरीको सकुशल उद्धार गरिएको छ। उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेको छ। पहिरोले वडा नं २ र ३ को सिमाना भएर बग्ने अँधेरी खोलको पक्की पुल पनि बगाएको छ। यसैबीच, पुष्पलाल राजमार्गअन्तर्गत चरीकोट–मन्थली सडक बाढीका कारण अवरुद्ध भएको छ।



प्रतिक्रिया दिनुहोस्