Logo

प्रचण्डको आर्शिवादको कारण भरत साहको संकट तत्काललाई टर्यो



काठमाडौं, ९ भदौ । नेकपा (माओवादी केन्द्र) को मधेश प्रदेश संसदीय दलका नेता भरत साहलाई तत्काल नहटाउनको लागि पार्टी नेतृत्व पुष्पकमल दाहालले निर्देशन दिएका छन् । दाहालको सो निर्देशनसँगै साहले नै संसदीय दलको नेताको रुपमा निरन्तरता पाउने भएका हुन् । तर, दुई महिनापछि भने साहको विकल्प खोज्न सो दलका मधेश प्रदेशका बहुमत सांसदहरु तयारी अवस्थामा छन् ।

मधेश प्रदेशमा प्रतिनिधित्व गर्ने माओवादीका अधिकांश सांसदहरु यतिवेला काठमाडौंमा छन् । उनीहरुले हिजोमात्रै अध्यक्ष प्रचण्डसँग भेटेर साहको ज्यादतीको बारेमा आक्रोश पोखेका थिए । तर, दाहालले अहिले पार्टी भर्खरै सरकारबाट बाहिर आएको र एकताबद्ध भएको सन्देश प्रवाह गर्नु परेकोले त्यतातर्फ पाईला नचाल्न निर्देशन दिएको दाहालको सचिवालयले जनाएको छ । भरत साहले मधेश प्रदेशमा पटक पटक सरकारमा सहभागिता जनाएर एकलौटी गरेको भनेर माओवादीभित्र चर्चा छ । file photo



प्रतिक्रिया दिनुहोस्