Logo

व्यवसायिक सफलताको उडान भर्दै यशोदा फुड्स प्रा.लि., करेन्ट चाउचाउ उपभोक्ताको पहिलो रोजाईमा



काठमाडौं, ९ भदौ । पछिल्लो समय यशोदा फुड्स प्रा.लि.का उत्पादन लोकप्रिय बन्दै गएका छन् । अहिले यस कम्पनीको उत्पादन करेन्ट चाउचाउको अत्यधिक माग बढेको छ । करेन्ट चाउचाउ स्वदेशमा मात्रै नभएर विदेशमा पनि उच्च माग बनेको छ । गुणस्तरमा कुनै सम्झौता नगरेको यो स्वदेश उत्पादनले विश्वबजारमा पनि तहल्का पिट्न थालेपछि विदेशका कुनाकुनामा रहेका नेपालीहरुले पनि गर्वको महशुस गर्न थालेका छन् ।

कम्पनीले करेन्ट चाउचाउमा देशभित्रकै साम्रगी र खाद्यान्न प्रयोग गरेको छ । आजको मितिसम्मा आईपुग्दा करेन्ट चाउचाउले नेपालमा एकछत्र राज गरेको छ । नेपालमात्र नभएर भारत, अस्ट्रेलिया र अमेरिकामा पनि यसको माग बढिरहेको छ । यसअघिका डेटाअनुसार प्रतिवर्ष ३० लाख अमेरिकी डलर बराबरको करेन्ट चाउचाउ निर्यात भएको कुरा बाहिरिएको थियो । अहिले यसको अनुपात र कारोबार पनि ह्वात्तै बढेको छ । करेन्ट चाउचाउले विदेश निर्याता गरेरमात्रै अरबौं रुपैयाँको कारोबार गरिरहेको विभिन्न तथ्यांकले देखाउँछ ।

चाउचाउको बजार अनलाईन गेट–वेपनि मुख्य आधार बनेको छ । अनलाईनबाटै यसको खरिद गर्न सकिने प्रवन्धले पनि युवा पुस्ताको पहिलो रोजाई यही करेन्ट चाउचाउ बन्न सफल भएको छ ।

कम्पनीले देशमै रोजगारीको क्रान्ति गरेको छ भन्दापनि फरक पर्दैन् । अहिले यो कम्पनीले प्रत्यक्ष रूपमा १५ हजार भन्दा बढिलाई रोजगारी प्रदान गरेको छ । अर्को कुरा, यो चाउचाउमा स्वदेशी उत्पादन समावेश भएको कारणपनि देशका विभिन्न जिल्लाका किसानले प्रत्यक्ष लाभ लिएका छन् । खासमा यो चाउचाउको मुख्य विशेषताको रुपमा रहेको अकबरे खुर्सानीको कारण पनि किसानले लाभ लिएका हुन् ।

यशोदा फुड्स प्रा.लि.ले सुपर प्रिमियम चाउचाउअन्तर्गत करेन्ट चिज एन्ड बटर, करेन्ट मसरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र करेन्ट चिज चिकेन पिज्जा स्वादमा चाउचाउ बजारमा छ । साना तथा मझौला उद्योगदेखि आफ्नो व्यवसायिक यात्रा सुरू गरेको यशोदा ग्रुपको यात्रा मसला, चियापत्ती, चाउचाउ, हाउजिंग, होटल, फिल्म, सेवासम्म पुग्दै नेपालकै उच्च व्यवसायिक समूहको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ। आफ्ना उत्पादनहरूमा उपभोक्ताको सहज पहुँचका लागि कम्पनीले एक सय ५० भन्दा बढी डिलरहरूको सञ्जाल विस्तार गरेको छ।



प्रतिक्रिया दिनुहोस्