काठमाडौं, १० भदौ । आम जनता पार्टीले देशमा व्याप्त भ्रष्टाचार, बेथिती एवम् दलीय अत्याचारविरुद्ध तेस्रो जनआन्दोलन गर्ने भएको छ । आजपाका अध्यक्ष प्रभु साहले मुलुकमा तत्काल तेस्रो जनआन्दोलनको आवश्यकत्ता औंल्याएका छन् ।
उनले अहिलेको कांग्रेस र एमाले नेतृत्वको सरकारले देशलाई झनै बर्बादीको बाटोतर्फ डोर्याएको निश्कर्ष निकालेका छन् । साहले तत्काल जनआन्दोलनतर्फ जानुपर्ने भएकोले सोहीअनुसार निर्णय लिनको लागि पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।
यही भदौ ११ र १२ गते दुई दिन बस्नेगरि साहले बैठक बोलाएको पार्टीका केन्द्रीय कार्यालयका प्रमुख सचिव रविन्द्र सिंहले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनकाअनुसार बैठक काठमाडौं प्रज्ञा प्रतिष्ठान (पारिजात हल), कमलदाीमा बस्नेछ । बैठकको सम्पूर्ण तयारी पूरा भैसकेको उनले जनाए । file photo