गुल्मी, १० भदौ । पैंचो पसल प्रालिले चाडपर्व अवसरमा उपहार योजना सार्वजनिक गरेको छ । सोमबार कृष्णअष्टमीबाट सुरु भएको उपहार योजना तीज, दशै, तिहार, छठ हुँदै क्रिसमससम्म संचाचलन हुनेछ । पैचो पसलका उत्पादन खरिद गर्दा यो उपहार योजनामा सहभागी हुनसकिने कम्पनीले जनाएको छ ।
आफ्ना ग्राहकलाई यसअघि पनि विभिन्न अफर र उपहार दिदै आएको पैचोले चाडपर्वमा थप ५० उपहार घोषणा गरेको हो । नेपाली घर आँगनमा भित्रिँदै गरेका चाडपर्वलाई उत्सव र खुसीयाली बनाउन चाडपर्व अफर ल्याइएको पैचोका प्रमुख बजार व्यवस्थापक लक्ष्मण गैरेले बताए ।
पैचोले उपहार योजनामा प्रथम उपहार वासिन मेशिन १ जनालाई, द्वितीय उपहार फ्रिज २ जनालाई तृतीय उपहार टेलिभिजन ३ जनालाई, चौथो उपहार स्प्रे ट्यांकी ४ जनालाई दिने जनाइएको छ । यस्तै पाँचौ उपहार १ हजार रूपैयाँको कृषि बीउबिजन २० जनालाई र छैठौं उपहार पैचो कम्पनीका उत्पादन २० जनालाई दिने घोषणा गरेको हो ।
उपहार कुपन पैचोको १२ वटा शाखा र १२ वटा आउटलेट गरी २४ स्थानबाट उपलब्ध हुने छ । उपहार कुपन प्राप्त गर्न पैचाका शाखा र आउटलेटबाट २ हजार ५ सय रूपैयाँ बराबरको ग्रोसरी, पशुआहार खरिद, तरकारी तथा फलफुल बिक्री गर्दा एउटा कुपन ग्राहकले पाउने छन।
यस्तै १ हजार रूपैयाँको तरकारी तथा फलफूल खरिद गर्दा, १ हजार रूपैयाँको फेन्सी तथा गिफ्ट सामान खरिद गर्दा, ५ सय रूपैयाँको बीउबिजन खरिदगर्दा र प्रतिदिन प्रति संकलन ५० हजार रूपैयाँको संकलन गर्दा एक वटा उपहार कुपन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
उपहार योजना भदौ १० देखि पुस १० गतेसम्म लागू हुनेछ । पुरस्कारको घोषणा पैचो पसलको वार्षिकोत्सव पुस १५ गते घोषणा गर्ने कम्पनीले जनाएको छ ।