Logo

वर्षमान र जनार्दन एउटै डुंगामा सरर



काठमाडौं, १० भदौ । नेकपा (माओवादी केन्द्र) का नेताहरु यतिवेला पोखरामा छन् । पार्टीको गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरु र प्रदेश पदाधिकारीहरुको परामर्श बैठकमा भाग लिनका लागि उनीहरु पोखरामा छन् । अध्यक्ष पुष्पकमल दाहालसहित पोखरा उत्रिएका नेताहरुले फुर्सदको समयमा घुमफिरमा पनि समय व्यतित गर्ने गरेका छन् ।

अध्यक्ष प्रचण्डले विहान पाका नेता दिनानाथ शर्मासँगै मर्निङ वाक गरेका थिए । सो क्रममा उनले शर्माको बुढ्यौली उमेरका बावजुदपनि देखिएको सक्रियताको प्रशंसा गरेका थिए । यता, अध्यक्ष प्रचण्डलाई चूनौति पेश गरेका नेता जनार्दन शर्मा भने नेताहरु वर्षमान पुन, गिरिराजमणि पोखरेल, अग्नि सापकोटासहित फेवातालमा देखिए ।

उपमहासचिवद्धय पुन र शर्मालाई माओवादीको भावी नेतृत्वको रुपमा चित्रण गरिएको छ । उनीहरु आज फेवातालमा एउटै डुंगामा सयर गरेर एउटा सन्देश दिन खोजेको भनेर अहिले सञ्जालमा चर्चा भैरहेको छ । पुनका सचिवालय सदस्य सन्तोषले त डुंगा सयको भिडिओ साझा गर्दै यो प्रचण्डपथ भनेर राखेका छन् । Photo Source: Santosh Pun/Facebook



प्रतिक्रिया दिनुहोस्