Logo

कांग्रेस उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै देउवा



काठमाडौं, भदौ ११ । नेपाली कांग्रेसको उपसभापति र महामन्त्रीको बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पाँच पदाधिकारी मात्र बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहभागी हुँदैछन् ।

देउवाले केन्द्रीय समिति बैठकमा प्रस्तुत महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति जुटाउनका लागि आवश्यक तयारीका लागि बोलाइएको कांग्रेसका एक पदाधिकारी जानकारी दिए। उनीहरुसँग छलफलपश्चात पदाधिकारी बैठक बोलाउने तयारी छ।
गत साउन २३ गतेदेखि प्रारम्भ भएको बैठक २८ गतेसम्म चलेको थियो। त्यसपश्चात भदौ ७ गते बसेको बैठक भोली भदौ १२ गते बस्नेगरी स्थगित भएको थियो । बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्