Logo

नाडा अटो शो २०२४ आजदेखि, कहाँ-कहाँ छ पार्किङको व्यवस्था



काठमाडौं, भदौ ११ । १६ औँ संस्करणको नाडा अटो शो २०२४ आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुँदै छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले बर्षेनि दशैँतिहार नजिकिँदै गएपछि बृहत् अटो शो गर्दै आएको छ । यसपटकको अटो शो आजदेखि १६ गतेसम्म आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

विगतका शोहरूमा जस्तै यस वर्ष पनि नाडा अटो शोमा विभिन्न ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे गाडीका सेग्मेन्टसँगै विभिन्न अटोमोबाइल कम्पोनेन्ट, टायर, ट्युव, लुब्रिकेन्ट तथा एसोसरिजका स्टलहरू रहने आयोजकले जनाएको छ । प्रदर्शनीमा २४ चार पाङ्ग्रे, १९ दुई पाङग्रे र १२ हल्का व्यावसायिक सवारी साधनका ब्राण्डहरू प्रदर्शन गरिने छन् । साथै, ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् । शोमा ९५ प्रदर्शकहरू सहभागी हुने छन् भने १३० वटा स्टलहरू रहने बताइएको छ ।

नाडाले अटो शो अवधिभर करिब ७५ हजार अवलोकनकर्ता आउने अपेक्षा लिएको छ । अटो शो अवधिभर पार्किङका साथै सुरक्षाको व्यवस्थापन गरिएको छ । उक्त शो अवधिमा काठमाडौँ भ्यूटावर र धरहरालगायतका स्थानमा पार्किङ गर्न सकिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्