Logo

प्रचण्डले आज संसदमा सम्बोधन गर्दै



काठमाडौं, भदौ ११ । प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज संसदमा सम्बोधन गर्ने भएका छन् । प्रचण्डले आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने तय भएको सभामुखको सचिवालयले जनाएको छ ।

आजको बैठकमा सांसद–मन्त्रीबीच पनि प्रश्नोत्तर कार्यक्रम रहेको छ । प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्न समय माग गरेकाले आजको लागि तय भएको बताइएको छ । उनले पछिल्लो दुई ठूला दल कांग्रेस र एमालेको गठबन्धन सरकारप्रति चर्को आलोचनाका साथै सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्