Logo

प्रभु साहको दाबी : कांग्रेस–एमालेको सत्ता सहकार्यपछि देश अन्धकार सुरूङतर्फ अग्रसर छ (भिडिओसहित)



काठमाडौं, १२ भदौ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्र प्रभु साहले भ्रष्टाचार नै अहिले राज्यको मूल चरित्र बनेको दाबी गरेका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्ने क्रममा उनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकारले घुस खाँदैन्, दाल भात खान्छु’ भनेको भनाई स्मरण गराउँदै गिरिबन्धु टि–स्टेट कसले खायो ? भनेर प्रश्न सोधे ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा अरबौं रुपैयाँ कसले खायो ? भनेर पनि प्रश्न गरे । उनले भने,‘हामी सोध्न चाहन्छौं–वाईडबडी कसले खायो ? बालुवाटारको ललिता निवास कसले खायो ? सुन काण्डको पैसा कसले खायो ? बाँसबारी जग्गा काण्डमा कसले पैसा खायो ?’

उनले कांग्रेस र एमालेको सत्ता गठबन्धन बनेपछि देश अन्धकार सुरुङतर्फ अग्रसर बनेको दाबी गरे । उनले भने,‘अहिले देश असफलताको मुखमा छ । देश बर्बाद हुँदैछ । जनता केही पनि होईन जस्तो व्यवहार गरिएको छ । दुई दल कांग्रेस र एमालेका दुई नेताका सत्ता स्वार्थले लाजपनि लजाएको छ । अब विश्वासमाथि पनि विश्वास छैन भन्ने सन्देश गएको छ ।’



प्रतिक्रिया दिनुहोस्