Logo

योगेश भट्टराईले ‘१० वर्षे हिंसा’ भनेपछि माओवादी–एमाले सांसदहरु आमनेसामने



काठमाडौं, १२ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा एमाले र माओवादी सांसदहरुबीच भनाभन भएको छ । एमाले सांसद योगेश भट्टराईले आफ्नो धारणा राख्ने क्रममा माओवादीको १० वर्षे हिंसा भनेपछि सदनमा हंगामा मच्चिएको हो । भट्टराईको बोलीमा माओवादी सांसद माधव सापकोटाले नियामापत्ति गरे । तर, योगेशले ‘हिंसा नै हो भनेर पटक पटक त्यही शब्द दोहोर्याएका थिए । यसले माहोल बिग्रिएको थियो ।

डेडिकेटेड र ट्रङ्क लाइनको विवादमा विषयमा बोल्ने क्रममा एमाले सांसद भट्टराईले देशमा माओवादी हिंसा १० वर्ष नभएको भए नेपालको विद्युतमा यो भन्दा ठूलो क्रान्ति हुने दाबी गरेका थिए । उनले भनेका थिए,‘माओवादीले कतिवटा ट्रान्समिसन लाइन पड्कायो, कतिवटा सबस्टेशन पड्कायो । विद्युत उत्पादन गर्न गएका कति व्यवसायीहरुलाई चन्दा मागेर भगायो । १० वर्ष हिंसा नभएको भए २०७५ होइन, ०६५ मा लोडसेडिङ अन्त्य हुन्थ्यो ।’ माओवादी सांसदहरुले सभामुख देवराज घिमिरेले एमालेप्रति पक्षधरता देखाएको आरोपसमेत लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्