Logo

प्रचण्डको पछिल्लो अभिव्यक्ति नै आजको द्धन्द्धको कारण हो : शंकर पोखरेल



काठमाडौं, १३ भदौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिले संसद्मा चलिरहेको तिक्ततापूर्ण बहसको सर्जक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भएको दाबी गरेका छन् । उनले विपक्षी दलको नेताका रुपमा संसदीय अभ्इास र प्रचलनविपरित नयाँ सरकार गठन भएको सय दिन नपुग्दै प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ समिकरणको विरुद्धमा प्रचण्डले दिएको अराजनीतिक र असंसदीय अभिव्यक्ति नै आजको द्धन्द्धको मूल कारण भएको दाबी गरेका छन् ।

फेशबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । उनले लेखेका छन्-

अहिले संसदमा चलिरहेको तिक्ततापूर्ण बहसको सर्जक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै हो । विपक्षी दलको नेताका रुपमा संसदीय अभ्यास र प्रचलन विपरित नयाँ सरकार गठन भएको सय दिन नपुग्दै प्रधानमन्त्री र नयाँ समिकरणका विरुद्धमा उनले दिएको अराजनीतिक र असंसदीय अभिव्यक्ति नै आजको द्वन्द्वको कारण हो । प्रचण्डको गलत र कुन्ठाग्रस्त अभिव्यक्तिको प्रतिवाद सत्तापक्षवाट हुनु स्वभाविक नै हो । त्यसवाट माओवादीका मित्रहरु धेरै उद्वेलित हुनु पर्दैन ।
अहिले माओवादीका मित्रहरु माओवादी आन्दोलनलाई हिंसात्मक आन्दोलन भनेकोमा उत्तेजित भएको देखिन्छ। तर संविधानले जनयुद्ध चिन्दैन माओवादी सांसदहरु जनयुद्ध भनिरहेकै सुनिन्छ । एमाले र कांग्रेसलाई संविधानको भाषा वोलेन भनेर विरोध गर्नेले माओवादीले चै संविधानले नस्विकारेको भाषा वोल्न मिल्छ र ?
स्मरण रहोस् जुन दिन माओवादी पक्षले जनयुद्ध शव्द प्रयोग गर्न छोड्दछ त्यो दिन देखि उनीहरुलाई नेकां र एमालेलाई हिंसात्मक द्वन्द्व भनेकोमा आपत्ति गर्ने नैतिक अधिकार प्राप्त हुनेछ ।



प्रतिक्रिया दिनुहोस्