काठमाडौं, १४ भदौ । नेकपा (एकीकृत समाजवादी) मा युवाहरुको ठूलो पँक्ति नेतृत्व तहमा स्थापित भएका छन् । विद्यार्थी आन्दोलनको नेतृत्व गरेका सुदेश पराजुली पार्टीको पोलिटब्यूरो सदस्यमा लोकप्रिय मतसहित विजयी भएका छन् । पार्टीको पोलिटब्युरो सदस्यको लागि भएको मतदानमा नेता पराजुली १५४ लोकप्रिय मतसहित निर्वाचित भएका हुन् । अशेष घिमिरेले १५२ मत ल्याएर दोस्रो भए भने मोहन गौतमले १५१ मत प्राप्त गरेका छन् ।
पार्टीमा विचार र संगठन दुवैतर्फ हस्तक्षेपकारी भूमिका निर्वाह गर्नसक्ने युवा नेताको परिचय बनाएका पराजुली युवादेखि पाका नेताहरुसम्मको पहिलो रोजाईमा परेका छन् । पार्टीको १०औं राष्ट्रीय महाधिवेसनवाट बनेको केन्द्रीय कमिटीको प्रथम बैठकले पदाधिकारी र पोलिटब्यूरो सदस्यहरु निर्वाचित गरेको हो ।
पोलिटब्यूरो सदस्यमा निर्वाचित पराजुलीले विद्रोह, क्रान्तिप्रतिको निष्ठा र सच्चा कम्युनिस्ट पार्टी निर्माणको यात्रामा आफूलाई विश्वास र भरोसा गरी पोलिटव्यूरो सदस्यमा युवाहरूमा उत्कृष्ट मतकासाथ निर्वाचित गरेकोमा आभार प्रकट गरेका छन् ।
उनले अघि भनेका छन्-“तपाईंहरुको माया र सद्भावले क्रान्तिको अविचलित यात्री बन्न थप प्रोत्साहनको महसुस भएको छ । निर्वाचनमा निर्वाचित, सहभागी र सिगों केन्द्रीय कमिटी एकमना एकताकासाथ पार्टी निर्माणमा जुट्न समेत हार्दिक अनुरोध गर्दछु ।”