Logo

योगेश भट्टराईले एक समयमा जनयुद्धको प्रशंसा नै गरेको प्रचण्डको दाबी, गलत गरे सरकारलाई नछोड्ने चेतावनी



काठमाडौं, १४ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गलत गरे सरकारलाई नछोड्ने चेतावनी दिएका छन् । उनले अहिलेको सरकार भ्रष्टाचारलाई संरक्षण गर्नको लागि बनेको आरोप लगाएका छन् ।

पार्टीको बैठक सकेर काठमाडौं फर्किने क्रममा वीरेन्द्रनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन । सरकार भ्रष्टाचारलाई संरक्षण गर्नतर्फ लागे आफूहरुले प्रतिकार गर्ने उनको चेतावनी थियो । उनले भने,‘गलत काम गर्नेलाई माओवादी केन्द्रले छोड्दैन । गलत गरे छोड्दैनौँ, यो विद्रोहको भाषा होइन, सदन र सडक दुवै ठाउँमा प्रतिकार गर्छौं ।’

यस्तै उनले संसद्मा माओवादीको १० वर्षे जनयुद्धलाई एमाले सांसद योगेश भट्र्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेकोमा आपत्ति जनाए । उनले नेपालको संविधानले विस्तृत शान्ति सम्झौतालाई नै संविधानकै अङ्ग बनाएकाले एमाले सांसदहरूले त्यसरी बोल्न नहुने र त्यो जायज नभएको टिप्पणी गरे ।

उनले योगेशलाई लक्षित गरेर पहिले योगेशले जनयुद्धको प्रशंसा नै गरेको सुनाए । उनले भने,‘एक समय जसले हिंसा भनेर शब्द प्रयोग गर्नुभयो उहाँले त जनयुद्धको प्रशंसा नै गर्नुहुन्थ्यो ।’ माओवादीलाई होच्याउनेगरि नबोल्न पनि उनले चेतावनी दिएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्