Logo

मनाङ केन्द्रविन्दु भएर भुकम्पको धक्का महशुस



काठमाडौं, भदौ १५ । मनाङ केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ३ः४७ बजे ४.२ रेक्टरस्केलको भूकम्प गएको हो ।

जिल्लाको थोचे आसपास केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का लमजुङ, गोरखा र तनहुँसम्म महसुस गरिएको केन्द्रले जनाएको छ ।

यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रविन्दू भएर ४.३ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।



प्रतिक्रिया दिनुहोस्