काठमाडौं, भदौ १५ । मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि राजीनामा दिएका छन् ।
सरकारले चौथो वरियताका एकनारायण अर्याललाई मुख्य सचिव बनाएपछि दोस्रो वरियताका भट्टराईले राजीनामा दिएका हुन् । यसअघि पहिलो वरियतामा रहेका राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले पनि राजीनामा दिएका थिए ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो । मुख्य सचिव लीलादेवी गड्तौलाले ५८ वर्षको उमेर हदका कारण शुक्रबार अवकाश लिदै नवनियुक्त मुख्यसचिव अर्याललाई पद हस्तान्तरण गरेर सिंहदरबारबाट बिदा भएकी छन् ।