Logo

परराष्ट्रमन्त्री राणालाई भारतले उच्च सम्मान दियो : राजकिशोर यादव (भिडिओसहित)



काठमाडौं, १५ भदौ । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजकिशोर यादवले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईमा पुरयाउनुपर्नेमा जोड दिएका छन् । भारतसँग नेपालको ऐतिहासिक सम्बन्ध रहँदै आएको र दुई देशबीच खुला सिमा रहेको बताउँदै यसलाई आगामी दिनमा अझै बलियो बनाउनुपर्ने उनको भनाई छ ।

नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा बोल्दै उनले दुई देशबीच खुला सिमाना भएकोले एक अर्काले आफ्नो संवेदना बुझेको पनि सुनाए । उनले परराष्ट्रमन्त्री डा. आरजु राणालाई भारतले हालैको भ्रमणमा उच्च सम्मान गरेको पनि स्मरण गराए ।

भारतमा नरेन्द्र मोदी सरकारको नेतृत्वमा आएपछि नै छिमेकी पहिले नीति ल्याईएको र त्यहीअनुसार सम्बन्धलाई पनि बढावा दिईएको उनको भनाई छ । उनले भने,‘भारतको लागि नेपाल अति नै महत्वपूर्ण मुलुक हो । त्यो चाहीँ जेष्चर दिएको देखिन्छ । यसले एकप्रकारको हार्दिकता देखाएको छ । आत्मियता देखाएको छ । उनले भारतसँग नेपालले लाभ लिनेगरि पहलकदमी लिनुपर्ने पनि बताए । यसको लागि भारतसँगको व्यापार घाटा कम गर्नेगरि निर्यातमा जोड दिनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्