Logo

आफ्नो प्रस्ताव पास हुनेमा शर्मा ढुक्क



काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिबाट आफूले राखेको प्रस्ताव पारित हुने दाबी गरेका छन् । उनले दुई पटक मात्रै प्रधानमन्त्री बन्ने र एकपटक राष्ट्रपति बन्ने प्रस्ताव भोलिको केन्द्रीय समिति बैठकबाट पारित हुने बताए ।

आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री जतिसुकै लोकप्रिय बने पनि उसले दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने बताए ।

तर, सभापति शेरबहादुर देउवाले शर्माको प्रस्ताव स्विकार गर्न नसकिने अडान राख्दै आएका छन् । केन्द्रीय कमिटीको बैठकमा समेत देउवानिकट नेताहरुले शर्माको प्रस्तावको खरो विरोध गरेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्