Logo

मैले पदबाट राजीनामा दिएको छैन् : सचिव दिनेश भट्टराई



काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईले पदबाट राजीनामा नदिएको स्पष्ट पारेका छन्।राजीनामा दिएको विषयमा जिज्ञासा राख्दा उनले सचिव पदबाट राजीनामा नदिएको प्रष्ट पारेका हुन् ।

मुख्यसचिव बढुवामा असन्तुष्टि जनाउँदै महिला मन्त्रालयका सचिव भट्टराईले राजीनामा दिएको समाचार प्रकाशित भएपछि उनले त्यसमा कुनै सत्यता नरहेको बताए। मैले राजीनामा दिएको छैन, राजीनामा नै नदिएपछि स्वीकृति हुने पनि कुरा भएन।’, सचिव भट्टराईले भने। मन्त्रिपरिषद्को बैठक नै नबसी राजीनामा स्वीकृत भयो भनेर अफवाह फैलिएको उनको दाबी छ।

वरिष्ठ सचिवहरुलाई पन्छ्याउँदै पाँचौ बरियतामा रहेका गृहसचिव एकनारायण अर्याललाई मुख्यसचिव बनाएपछि तेस्रो बरियतामा रहेका सचिव भट्टराईले राजीनामा दिएको सार्वजनिक भएको थियो। तर, उनले आफूले राजीनामा नदिएको स्पष्ट पारे। मुख्यसचिव बढुवामा असन्तुष्टि जनाउँदै राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले राजीनामा दिइसकेका छन्।

उनको राजीनामा भने स्वीकृत भइसकेको छ। तर, राजीनामा दिएको भनिएका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव भट्टराईले भने राजीनामा नै नदिएको खुल्न आएको हो। सचिव भट्टराईले राजीनामा दिने सोच समेत नराखेको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्