Logo

भोटेकोशी नदीमा बेपत्ता भएका बोलेरो चालकको शव भेटियो



काठमाडौं, असोज १ । भोटेकोशी नदीमा बेपत्ता भएका बोलेरो चालकको शव फेला पर्नुका साथै पहिचान पनि खुलेको छ।शसस्त्र प्रहरीका अनुसार गत भदौ २८ गते बोलेरो गाडी खसेपछि बेपत्ता भएका चालकको शव सोमवार बरामद गरिएको छ। शव बरामद गरिएको व्यक्ति सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ५ का ३५ वर्षीय सानु तामाङ रहेको उनका छोराले पुष्टि गरेको शसस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाले बताए।

सिन्धुलीको फिक्कल गाउँपालिका ६ सोखुखोलास्थित सुनकोशी नदिबाट वि।व्य।बेश खुर्कोटको सप्रनिको ४ जना गोताखोरसहित ९ जनाको टोली बेपत्ता तामाङको खोजीमा खटिएका थिए।

भदौ २८ मा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ६ ढुंगाखानीस्थित भोटेकोशी नदिमा बोलेरो गाडी खसेपछि तामाङ बेपत्ता भएका थिए।



प्रतिक्रिया दिनुहोस्