Logo

उपसभामुख राना रुस प्रस्थान



काठमाडौं, असोज १ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना रुस प्रस्थान गरेकी छन्। रुसको सेन्टपिटर्सवर्गमा यही असोज २ देखि सुरु हुने कार्यक्रममा भाग लिन उनी आज बिहान फ्लाई दुबईको उडानमार्फत त्यसतर्फ गएकी हुन्।

उपसभामुख राना रुस र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा हुने चौथो युरेसियन महिला फोरममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनी असोज ५ गतेमा स्वदेश फर्कनेछिन् ।



प्रतिक्रिया दिनुहोस्