Logo

माओवादी सांसद दाहालको खुलासा : जनमतले दस्तखत नगर्दा कांग्रेस र एमालेले उपसभामुख हटाउन सकेनन्



काठमाडौं, १ असोज । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद राजन दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले सफेद झुट बोलेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले संसद्मा सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले जुनसुकै दुर्घटनाबाट घाईतेहरुको निःशुल्क उपचार गरिने र भैरहेको भनेर दिएको अभिव्यक्ति झुटो भएको बताए ।

प्रधानमन्त्री ओलीले उपसभामुख इन्दिरा रानालाई हटाउन खोजेको होईन भनेर दिएको अभिव्यक्ति पनि झुटो भएको दाहालको दाबी छ । दाहालले सत्ता पक्षले उपसभामुखलाई हटाउन सबैको दस्ताखत गराएको तर अन्तिममा जनमत पार्टीले दस्तखत नगर्दा बहुमत नपुगेर नहटाएको खुलासा गरेका छन् । दाहालले फेशबुकमा लेखेका छन्–

सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओलीले हिजो प्रतिनिधिसभामा सम्वोधनका क्रममा जुनसुकै दुर्घटनाबाट घाइतेहरूको निशुल्क उपचार गरिन्छ र भइरहेको छ भनेर अभिव्यक्ति दिनु भयो।यो झुट्टो हो या साँचो घाइतेहुनेहरूलाई नै थाह छ।

हुनु पर्ने चै निशुल्क नै हो। अर्को माननीय उपसभामुखलाई हटाउन सबैको दस्तखत गराएकै हो।अन्तिममा जनमतले दस्तखत नगर्दा ३ साँसदको कमी भएर नहटाएको नभनी हटाउन खोजेकै हैन भनेर सफेद झुट बोल्नु भयो। मुखले सबै गर्ने तर कामलै संस्थागत भ्रष्टचार मात्र गर्ने। झुटको पर्याय ओली सरकार।



प्रतिक्रिया दिनुहोस्