नयाँदिल्ली, १ असोज । जातीय हिंसा तथा प्रदर्शनकारी र प्रहरी बीचको झडपका कारण बन्द भएको एक हप्ता पछि भारतको उत्तरपूर्वी राज्य मणिपुरमा मङ्गलबार देखि विद्यालयहरू पुनः खोलिएको स्थानीय सरकारले जनाएको छ ।
मणिपुरमा सन् २०२३ मे मा सुरु भएको हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबिच लडाइँका कारण कम्तिमा २०० जनाको ज्यान लिएको स्रोतले जनाएको छ ।
त्यहि समय देखि युद्धग्रस्त म्यानमारको सिमानामा रहेको उत्तरपूर्वी राज्यमा समुदायहरू प्रतिद्वन्द्वी समूहहरूमा विभाजित भएका छन् । केहि समयको सापेक्षिक शान्ति पछि, पछिल्लो समय फेरि हिंसा बल्झिदा कम्तिमा ११ जनाको मृत्यु भएको थियो ।
मणिपुरको राजधानी इम्फालमा लडाइँको विरोधमा मेइतेई विद्यार्थीले गरेको प्रदर्शनले हिंसात्मक रुप धारण गर्दा राज्यका केही भागहरूमा कर्फ्यू र इन्टरनेट ब्ल्याकआउट जारी गर्न बाध्य तुल्यायो ।
हाल हिंसा कम भएसँगै इन्टरनेट सेवा पुनःस्थापित भएको छ भने मङ्गलबारदेखि सबै विद्यालयमा सामान्य कक्षाहरू पुन । सुरु गर्न सरकारी आदेश जारी गरिएको छ ।
मणिपुरका मुख्यमन्त्री बीरेन सिंहले सबैलाई जिम्मेवारीपूर्वक इन्टरनेट प्रयोग गर्न तथा शान्ति र सद्भाव बिगार्ने कुनै सामग्री पोस्ट नगर्न आग्रह गरेका छन् ।
यसै बीच अधिकारकर्मीहरूले स्थानीय नेताहरूले राजनीतिक लाभका लागि जातीय विभाजन बढाएको आरोप लगाएका छन् । रासस