Logo

माधव नेपालको साथ छोड्ने झाँक्रीको संकेत, एमालेमै फर्किने तयारी



काठमाडौं, १ असोज । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले पार्टी परित्याग गर्ने संकेत गरेकी छिन् । पछिल्लो समय पार्टीमा असन्तुष्ट रहँदै आएकी नेतृ झाँक्रीले तत्कालै पार्टी परित्याग गर्ने संकेत दिएकी हुन् ।

उनले यात्रामा मोडहरु आएपछि त्यो बेला मोडिनुपर्ने उल्लेख गरेकी छिन् । उनी पूरानै घर एमालेमा फर्किने हल्ला छ । उनी हालै पार्टीको पदाधिकारी निर्वाचनमा महिला उपाध्यक्षमा जयन्ती राईसँग पराजित भएकी थिईन् ।

जयन्तीलाई जिताउन र आफूलाई हराउनको लागि अध्यक्ष माधवकुमार नेपाललै नै सक्रिय भूमिका खेलेको उनको आरोप छ । एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठन गर्दाताका माधव नेपाललाई दरिलो साथ रहेको झाँक्रीले पछिल्लो समय सो दललाई भाउ दिएकी छैनन् ।

उनले फेशबुकमा लेखेकी छिन्-

यात्रामा जब मोडहरू आउँछन नि त्यो बेला मोडिनुपर्छ। शुभसन्ध्या अशल मनहरूलाई



प्रतिक्रिया दिनुहोस्