Logo

टयाक्टर दुर्घटनामा दुईजनाको मृत्यु



खाँदबारी (सङ्खुवासभा), २ असोज । सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा आज टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

खाँदबारी किमाथाङ्का सडक खण्डको वरुणबाट खाँदबारी आउने क्रममा प्रदेश १–०२००३ त १४३७ नम्बरको टयाक्टर भीरबाट खस्दा त्यसमा सवार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक १९ वर्षीय किरण श्रेष्ठ र सहचालक १७ वर्षीय उदित श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

टयाक्टर भीरबाट करिब तीन सय मिटर तल अरुण नदीमा खसेको हो । नदीले बगाएको उक्त टयाक्टरको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्