Logo

प्रधानमन्त्री ओलीसँग गगन निरन्तर सम्वादमा, आजै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी



काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नेतृत्व गरेको आज दुई महिना पूरा भएको छ । बल्ल सरकार सञ्चालनको लागि सत्ता गठबन्धनको तर्फबाट न्यूनतम साझा कार्यक्रम ल्याईने तयारी भएको छ । कार्यक्रमको तयारीमा सुरुवातदेखि नै कांग्रेस महामन्त्री गगन थापाले मेहनत गरेका छन् ।

उनी निरन्तर प्रधानमन्त्री ओलीसँग सम्पर्कमा छन् । सरकारको न्यूनतम कार्यक्रम आजै सार्वजनिक गर्नेबारे पनि गगनले नै सुरुमा मुख खोलेका छन् । आज (बुधबार) मूलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै थापाले यस्तो खुलासा गरेका हुन् ।

शिक्षा ऐन तत्काल पारित गर्ने कुरा गर्ने क्रममा उनले नीति तथा कार्यक्रम आज सार्वजनिक हुने जानकारी दिएका हुन् । उनले भनेका थिए,‘आज साँझ नयाँ बनेको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुपर्नेछ, त्यो कार्यक्रम बनाइरहेका छौं, त्यो बनाउँदै गर्दा शिक्षा ऐन तत्काल पारित गर्छौं भनेर त्यसमा लेख्दैछौँ। लेखेर मात्रै हुँदैन, यहाँ त लेख्न चाहीँ लेख्ने तर संसदभित्रको काम हो। सरकारले चाहेर मात्रै हुँदैन। संसदले सँगै काम गर्नुपर्छ। संसदको छाँटकाँट हेर्दै गर्दा अर्को दुई अढाइ वर्ष पारित नहुने अवस्था देखियो।’ file photo



प्रतिक्रिया दिनुहोस्