Logo

मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु, तीन घाइते



बाँके, असोज ३ । बाँकेको राप्तीसोनारीको वडा नम्बर ४ लालपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुको साथै तीन जना घाइते भएका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार साँझ करिब ५ बजेतिर गाउँपालिकाको वडा नम्बर ४ स्थित हुलाकी सडक खण्ड अन्तर्गत लालपुरमा चोकमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय धामपुरका अनुसार विपरीत दिशाबाट आउँदै गरेका भे १२ प ३९९५ र भे १२ प ४८२८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका दुबै मोटरसाइकल चालकको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार राप्तीसोनारी(४ घर भएका भे १२ प ३१९५ का ३५ वर्षीय चालक रामशरण थारुको आज साँझ पौने ६ मृत्यु भएको हो भने सोही गाउँपालिकाको वडा नम्बर ३ खैरेनीका भे १२ प ४८२८ नम्बरका चालक १८ वर्षीय बसन्त थारुको सवा ६ बजे मृत्यु भएको हो ।

त्यसैगरी भे १२ प ३९९५ नम्बरको मोटरसाइकलको पछाडी सवार बर्दिया राजापुर( ४ घर भएर हाल राप्तीसिनारी( ४ धामपुर बस्ने ३१ वर्षीय अजय दहित घाइते भएका छन् । उनको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार उनको अवस्था गम्भीर रहेको छ भने भे१२ प ४८२८ नम्बरको मोटरसाइकलमा सवार राप्तीसोनारी( ३ खैरेनीका १६ वर्षीय संगीत थारु र वडा नम्बर ३ खैरेनीकै २१ वर्षीय संजय थारु घाइते भएका छन् । उनीहरुको पनि नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्