Logo

नौ वर्षपछि अस्थायी रुपमा खुल्यो धरहरा, प्रत्येक दिन ६ सयले निःशुल्क चढ्न सक्ने



काठमाडौं, असोज ३ । संविधान दिवसका अवसरमा आजबाट अस्थायी रुपमा धरहरा सञ्चालनमा आउँने भएको छ । मन्त्रिपरिषद्को यसअघिको निर्णय अनुसार आजबाट अस्थायी रूपमा धरहरालाई सञ्चालनमा ल्याउन लागिएको हो।

अहिलेका लागि धरहरा चढ्नका लागि कुनै शुल्न नलाग्ने शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ।

यसैबीच उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुधबार धरहराको अवलोकन गरेका छन। सो क्रममा उनले मन्त्रिपरिषद्को निर्णयअनुसार अन्तरिम समयमा लागि निःशुल्क धरहरा चढ्ने व्यवस्था गरिएको बताए। उनले धरहरा सञ्चालनको कार्यविधि बनेपछि पूर्ण रूपमा सञ्चालनको तयारी रहेको जाकारी दिएका छन् ।

एक दिनमा अधिकतम पाँच सय सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने गरी व्यवस्था गरिएको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो। २०७२ को भूकम्पमा भत्किएको धरहराको पुनर्निर्माण पछि ९ वर्षपछि अस्थायी रुपमा सञ्चालनमा आउन लागेको हो।

सर्वसाधारणले नवनिर्मित धरहरा नि:शुल्क रूपमा चढ्न पाउनेछन् । अर्को व्यवस्था नहुन्जेल सर्वसाधारणले नि:शुल्क धरहरा चढ्न पाउने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । विभागका अनुसार प्रत्येक घण्टा एक सयजनालाई धरहरा चढ्न टिकट दिइनेछ । प्रत्येक दिन ६ सयजनाले धरहरा चढ्न पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्