Logo

दमनकारी नीति फिर्ता नलिए देशव्यापी चक्काजाम गर्ने दुर्गा प्रसाईको चेतावनी



काठमाडौं, ३ असोज । नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूसहित दुई जना सञ्चारकर्मीमाथि झुटो मुद्दा दायर गरेर पक्राउ पुर्जी जारी गरेपछि यही असोज ५ गतेबाट देशव्यापी रुपमा चक्काजाम गर्न अपिल गरेका छन् । उनले राज्यले दमनकारी नीति लिएको भन्दै सो नीति फिर्ता लिन चेतावनी दिएका छन्।

आज (बिहीबार) एक विज्ञप्ती जारी गर्दै उनले आफूले गरिव तथा सर्वहारा र भुईंमान्छेका लागि अभियान चलाएको र उनीहरुलई ऋणको भय र त्रासबाट बचाउन सफल भएको पनि दाबी गरेका छन् । आफूले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृत र नागरिकको जीवन रक्षाको लागि शान्तिपूर्ण रुपमा आन्दोलन सञ्चालन गर्दापनि दमन गरिनु गणतन्त्रको उपहास भएको प्रसाईंको टिप्पणी छ ।

यस्तो छ प्रसाईले जारी गरेको विज्ञप्ती

प्रेस विज्ञप्ति
नागरिक बचाउ महाअभियान सम्बन्ध सबै जिल्ला , नगर तथा केन्द्रीय पदाधिकारी ज्युहरु ।
गरिव सर्वहारा र भुइँ मान्छे का साथै किसान यातायात मजदुर उत्पिडित बर्ग को मुक्तिका लागि हाम्रो अभियानले बिगत २ बर्ष अघिदेखि शान्तिपूर्ण आन्दोलन मार्फत लाखौं जनताको जिउ धनको रक्षा गरि नागरिकलाई ऋणको भय र त्रासबाट बचाउ सफल भएको कुरा सबै मा सर्वबिधितै छ,यसरी राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक जीवन रक्क्षार्थ शान्तिपुर्ण रुपमा चालिएको आन्दोलन लाई दमन गर्दै गणतन्त्रको नै उपहास हुने गरि नागरिकको अभिब्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता को हनन गर्दै हाम्रो अभियानका केन्द्रीय सयोजक श्री दुर्गा प्रसाइ ज्यु साथै संञ्चारकर्मी श्री प्रकाश चन्द्र दहाल र जीवन पाण्डे ज्यु माथि कपो कल्पित र झुठा मुद्दा जाहेर गर्दै पक्राउ पुर्जी जारी गरि राज्यले जुन दमन कारीनीति अपनाएको छ । यसको घोर भत्षर्ना गर्दै सो नीति सरकारले तत्काल फिर्ता नलिए मिति २०८१ साल भोलि असोज ४ गते देशै भर विरोध सभा राँकेजुलुस बिरोध प्रदर्श र भोलि मिति २०८१ असोज ५ गते बाट देशै भर चक्काजाम , बिरोध धर्ना लगायतका कार्यक्रम अघि बढाउनु हुन सबै नगर, जिल्ला ,अञ्चल तथा केन्द्रीय पदाधिकारी ज्युहरु लाई यसै बिज्ञप्ती मार्फत हार्दिक आवाहान गर्दछौ१ नागरिक बचाउ बचाउ महाअभियान केन्द्रीय कार्यालय
काठमाडौ,नेपाल



प्रतिक्रिया दिनुहोस्