Logo

देउवालाई रिझाउन ओलीले ‘आरजुलाई प्रधानमन्त्रीको झण्डा’ देखाएको रवि लामिछानेको दाबी



काठमाडौं, ४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको दुई तिहाईको सरकार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चिडिएको एक मिनेटमा ढल्ने दाबी गरेका छन् । आफ्नो राजनीतिक प्रतिवेदनमा लामिछानेले वर्तमान सरकारको प्राथमिकतामा षड्यन्त्रबाहेक केही पनि नभएको आरोप लगाएका छन् ।

लामिछानेको प्रतिवेदनमा भनिएको छ–‘दुई तिहाईको सरकार अर्काको पार्टी फोड्न, उपसभामुख फेर्न, आफ्ना नेता जोगाउन, विरोधीलाई फसाउन, सामाजिक सञ्जालमा लेख्नेलाई थुन्न केन्द्रित छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले देउवा चिढिएको एक मिनेटमा सरकार ढल्ने कुरा बुझेरै एक महिलालाई महाभियोगको डण्डा देखाउने र अर्को महिलालाई प्रधानमन्त्रीको झण्डा देखाउने ‘ट्रायल कार्ड’ सरेयाम बाँडिएको पनि लामिछानेको दाबी छ । एक सय दिन नपुग्दै वर्तमान सरकारले षड्यन्त्रको मञ्चन गरेकोले दुई शक्तिशाली दल मिलेर बनाएको सरकारको प्राथमिकता र राष्ट्रको प्राथमिकतामा आकाश–जमिनको फरक रहेको छ ।



प्रतिक्रिया दिनुहोस्