Logo

रास्वपाका सांसदहरु रवि लामिछानेलाई बचाईदेउ भन्दै कांग्रेस र एमालेका नेताहरुको घरघरमा दौडिरहेका छन् : भीमसेनदास प्रधान



रवि लामिछाने सबभन्दा फ्रड मान्छे हो, आचरणपनि खत्तम छ’
‘रवि लामिछानेलाई अदालतको कठघरामा उभ्याउनैपर्छ’
‘धनराज गुरुङले सांसद र उपसभापति दुवै पदबाट राजीनामा दिँदा राम्रो हुन्छ’

काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी देखिएकोले कारबाही हुनुपर्ने बताएका छन् । उनले रवि लामिछानेलाई फ्रडको संज्ञा दिए ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्री प्रधानले लामिानेको आचरणपनि खत्तम रहेको टिप्पणस्ी गरे । उनले भने,‘रवि लामिछाने सबभन्दा फ्रड मान्छे । लाजशरम केही पनि छैन् । नागरिकता नै दोहोरो छ । राहदानी नै दोहोरो, आचरण नै खत्तम छ । महिलाप्रति आचरण नै खराब छ । अहिले हेर्नुहोस त क्लिन–चिट भनेर कत्रो स्वर ? चितवनका जनतालाई अब हामीले सोध्नुपर्छ कस्तो मान्छे जिताएको भनेर ?’

सहकारी ठगीसम्बन्धी समितिको प्रतिवेदन आएपछि सबैकुरा घामजस्तै छर्लङ् भएको भन्दै अब रवि लामिछानेका पक्षधरले वकालत गर्न जरूरी नभएको उनको भनाई छ । उनले भने,‘अहिले बास्तवमा सहकारी ठगी प्रकरणले समग्र मुलुक तातिएको छ । सडक आन्दोलन हुँदै सदनमा पनि कांग्रेसले हिजो माओवादी र एमालेको सरकार हुँदा कुरा उठायो । विशेषगरि गगन थापाले सहकारी ठगी प्रकरणमा यो कुरा उठाउनुभयो । अनिमात्रै छानबिन समिति बन्यो । सहकारी समिति गठन नहुँदै सूर्य थापाले बचाउ गर्नुभयो । त्यतिवेला मलाई रवि लामिछानेको केश फासफुस होला भन्ने लागेको थियो । एमाले र माओवादीको सरकार थियो। त्यो सरकारले डिफेन्स गर्ला भनेको थिएँ । सूर्य थापा त त्यतिवेला रवि लामिछानेको वकालत गर्ने मान्छे । ठीक ढंगले रिपोर्ट आउँदैन भन्ने थियो । पार्लियामेन्टमा रवि लामिछानेको पक्षमा उसले ठगी र भ्रष्टाचार गरेको छैन भनेर एमालेका सांसदहरुले नै धेरै बोलेका थिए । पछि कांग्रेस र एमालेको सरकार बन्यो । अहिले प्रतिवेदन आईसकेको छ, अब घामजस्तै छर्लङ भैसकेको छ । रिपोर्टको चार नम्बर बुँदामा समितिले रवि लामिछानेलाई कारबाहीको सिफारिश गरेको छ ।’

उनले रवि लामिछाने पक्षधर साथीहरुले अब वकालत गर्न जरुरी नभएको टिप्पणी गरे । रवि लामिछाने दोषी नभएको भए रास्वपाका सांसदहरुले किन बचाउनुपर्यो भनेर कांग्रेस र एमालेका नेताहरुकहाँ गएर गुहार मागेको भन्दै उनले प्रश्न गरे । उनले भने,‘रवि लामिछानेलाई जोगाउन र बचाउनको लागि रास्वपाका माननीयहरु हाम्रो र एमालेका नेताहरु घरघरमा दौडिरहेका छन् । बचाउन किन त ? मैले भेटें एउटा माननीय एक नेताको घरमा आएको । सहकारी ठगी प्रकरणमा रवि लामिछाने मुछिएकै हो ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्छु भनेको स्मरण गराउँदै अब रवि लामिछानेमाथि कारबाहीको प्रक्रिया थाल्नुपर्ने बताए । नले भने,‘रवि लामिछानेमाथि कारबाहीको प्रोसेस सुरु भैसक्यो । जहासम्म लाग्छ, उसलाई अदालतको कठघरामा उभ्याउनैपर्छ । अदालतले गर्ने हो–फैसला । आँफैले क्लिनचिट भन्ने होईन । हाम्रै पार्टीका साथीहरु पनि अदालतकै कारण जेल गएका छन् । अख्तियारको विल हामीले ल्याएका हौं। गृहमन्त्री खुमबहादुर खड्काको पालामा अख्तियार गठन भयो। पहिले जेल खुमबहादुर खड्का नै गए । त्यही हो डेमोक्रेसीको व्युटी भनेको ।’

उनले भ्रष्टाचारसम्बन्धी पाँच वर्षे हदम्याद खराब नियतले आएको भएपनि जनदबाबको कारण हटाईएको स्पष्ट पारे । उनले भने,‘त्यो पाँच वर्षे हदम्याद खराब नियतका साथ आएको थियो । तर, जनदबाब, खासगरी मिडिया र मानवअधिकारको दबाबको कारण हटाएको हो । बाध्य भएर केपी ओलीले हटाएको हो ।’

पार्टी उपसभापति धनराज गुरुङमाथि पनि सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरू भएकोले तत्काल पार्टी र संसद्को जिम्मेवारीबाट राजीनामा दिनुपर्ने उनको आग्रह छ । उनले भने,‘यो त उहाँले आत्मनिर्णय र आत्मसमिक्षा गर्ने कुरा हो । विगतमा शेरबहादुर तामाङ, रामशरण महत, केशरबहादुर विष्टले पनि राजीनामा दिनुभयो । आत्मसमिक्षा गर्नुपर्छ । धनराजले संसद्मा नै यदि त्यस्तो हो भने ममाथि छानबिन होस भन्नुभयो । छानबिनले कारबाही सिफारिश गरेको छ । कांग्रेसले उहाँसँग छलफल गर्नुभन्दा अगाडि धनराजले छानबिनको रिपोर्ट नआएसम्म पार्टी र संसद्को बैठकमा उपस्थित हुन्नँ भन्नुपर्यो । अहिले नै संसद्बाट पनि राजीनामा दिन सकिन्छ । भुटानी शरणार्थी प्रकरणमा खाँणमाथि पनि राजीनामाको विषय उठेको थियो । स्वविवेकले राजीनामा दिनुपर्छ भन्ने हो मेरो त । उहाँले उपसभापतिबाट राजीनामा दिनुपर्छ ।’

नेपालमा सबैभन्दा बढि विकास भएको भनेको भ्रष्टाचार भएकोले अब भ्रष्टाचार नियन्त्रणमा कडा हुनुपर्नेमा उनको जोड थियो ।



प्रतिक्रिया दिनुहोस्