Logo

देश र पार्टीलाई सुधार गर्न ‘म’बाट शुरु गरौंः पूर्वमन्त्री बस्नेत



काठमाडौं, असोज ६ । नेकपा (एमाले)को पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले देश तथा पार्टीलाई सुधार गर्न सर्वप्रथम आफैबाट शुरु गर्नुपर्ने बताएका छन् ।

शनिवार एमाले सूर्यविनायक वडा नं. १० को दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै एमाले भक्तपुरको इन्चार्ज समेत रहेका नेता बस्नेतले अरुलाई सुझाव दिने तर मेरो जिम्मेवारी र सुध्रनुपर्ने कुरालाई सुधार गरे देश, समाज र पार्टी सुधार हुन समय नलाग्ने बताए। उनले भने, ‘टाउको दुख्यो भन्यो भने एउटाले सिटामोल खाइदेउ, अर्कोले निम्स खाइदेउ न भन्छ । अर्कोले बेसार र ज्वानो खाइदेउन भन्छ विहानदेखी वेलुका सम्म सुझाव दिने हो भने टाउको दुख्ने निको हुने हैन, झनै टाउको फुट्ला भन्ने डर हुन्छ । त्यति धेरै जानेका छौं हामीले अर्काको काम तर आफ्नो काम चाँही जानेका छैनौं । यसले गर्दा त्यो भएन, उसले गर्दा यो भएन भन्न हामी जान्छौं । तर मैले गर्ने के भन्ने हामी गर्दैनौं । देश बनाउन, पार्टी बनाउन अरु धेरै मानिसलाई सुधार गर्नै पर्दैन । एउटै मानिसलाई सुधार गरौं । त्यो भनेको को हो भन्दा, त्यो भनेको ‘म’ । हामी सुध्रिउँ, अरु सवै सुध्रिन्छन् ।’

८४ मा एमालेलार्ई निर्णायक शक्ति बनाउन आफ्नो स्थानीय तहमा जिताउन सक्ने मात्र पार्टीको नेता बन्ने सक्ने उल्लेख गर्दै उनले विपक्षीलाई खोज्नेपर्ने गरी एमालेलाई जिताउने गरी लाग्न दिर्देशन दिए । हल्लाले नभई सल्लाहले पार्टीमा अगाडी बढ्नु पर्नेमा जोड दिँदै उनले भने, ‘भक्तपुरमा अब ८४ मा सवै विपक्षीलाई कि मिलाउने हो, कि त निल्ने हो ।’ सूर्यविनायक नगरपालिका १० वटा वडामा १० वटै वडामा एमालेको लालकिल्ला बनाउनुपर्ने उल्लेख गर्दै उनले हार्ने छुट एमालेलाई नभएको उल्लेख गरे। मिसन ८४ भन्दा अगाडी भक्तपुरमा मिलन ८४ बाट शुरु गर्नुपर्नेमा जोड दिँदै उनले एमालेले विगत, वर्तमान र भविष्यमा गर्ने मिसन, भिजन र दृष्टिकोणलाई आम जनताको माझमा पुर्याउन सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिए ।

नवयुवालाई पार्टीमा समेट्नको लागि नेतृत्व पंति नेताकोमा धाएर नेता बन्ने नभई योग्यता, क्षमता, बैचारिकता लगायतका कुराहरुको विकास गर्नुपर्नेमा जोड दिँदै उनले एमालेको लक्ष्य, उद्देश्य, समाजवादमा पुग्ने कार्यनीति, समाजवादको अवधारणा, कार्यक्रम, सिद्धान्त, मार्गदर्शन सिद्धान्त, बुझ्नै पर्ने उल्लेख गर्दै उनले भने, ‘यतिकुरा बुझेनौं भने हामी कुहिरोमा हराएको काग जस्तै हुन्छौं । हिडिरहेका छौं, कुदिरहेका छौं तर सन्तुष्ट छैन, अलमलमा परिरहेको छ । त्यही भएर हामीले बैचारिक रुपमा क्षमता विकास गर्नैपर्छ ।’

कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मल भट्टराई, एमाले बागमती प्रदेश कमिटी सदस्य रजन केसी, सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, वडा नं.१० का वडाध्यक्ष शिवराम राउत लगायतले शुभकामना मन्तब्य राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्