Logo

विश्वकप लिग टु: नेपाल आज क्यानडासँग भिड्दै



काठमाडौं, असोज ६ । आईसिसी मेन्स क्रिकेट वल्र्ड कप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज क्यानडासँग खेल्न लागेको छ।

क्यानडाको किङ्ग सिटीमा हुने नेपाल र क्यानडाबीचको खेल राति ८ः४५ बजेबाट सुरु हुनेछ। यसअघिका आफ्नो दुबै खेल गुमाइसकेको नेपालले आजको खेलमा पहिलो जितको खोजीमा रहनेछ।

पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले र दोस्रो खेलमा ओमानसँग १ विकेटले पराजित भएको थियो।



प्रतिक्रिया दिनुहोस्