Logo

रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालित



काठमाडौं, ६ असोज । सहकारी ठगी प्रकरणमा छविलाल जोशी पक्राउ परेका छन् । प्रहरीले यही प्रकरणमा रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई पनि पक्राउ गर्नेगरि तयारी थालेको छ ।

प्रहरी उच्च स्रोतकाअनुसार लामिछानेलाई पक्राउ गर्न प्रहरीको टोली परिचालित भैसकेको छ । कास्की प्रहरीको पत्राचारका आधारमा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी काठमाडौंबाट पक्राउ परेका हुन् ।

उनी काठमाडौंको शंखमुलबाट पक्राउ परेका हुन् । जोशीलाई कास्की नै पठाईने भएको छ । प्रहरीको अर्को हाईलेभल टोली रवि लामिछानेलाई पक्राउ गर्न परिचालित भैसकेको छ। लामिछानेलाई पक्राउ गर्न प्रहरी रास्वपा केन्द्रीय कार्यालयमा पुगेको विश्वस्त स्रोतले बताएका छ ।

पार्टी कार्यालयमा रास्वपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ । सादा पोशाक र बर्दीमै रहेका प्रहरीहरु पनि रास्वपाको कार्यालयमा प्रवेश गरिसकेका छन् । जिल्ला अदालत कास्कीले जारी गरेको पुर्जी लिएर प्रहरी पक्राउ गर्न आएको बताइएको छ ।

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै प्रहरीले कारबाहीको प्रक्रिया अघि बढाएको हो ।



प्रतिक्रिया दिनुहोस्