Logo

सभापति लामिछाने पक्राउ पर्ने हल्लासँगै रास्वपा मुख्यालयमा नेता तथा कार्यकर्ताको घुईंचो (फोटोफिचर)



काठमाडौंं, ६ असोज । रास्वपाको मुख्यालय वनस्थलीमा नेता तथा कार्यकर्ताहरुको घुईंचो लागेको छ । सभापति रवि लामिछाने पक्राउ पर्ने हल्लासँगै नेता तथा कार्यकर्ताहरुको आईरो लागेको हो ।

पार्टी पदाधिकारीले नै काठमाडौं उपत्यकामा रहेका आफ्ना नेता/कार्यकर्तालाई पार्टी मुख्यालय आउन अपिल गरिएपछि भीड लागेको हो । सहकारी ठगी प्रकरणमा छविलाल जोशी पक्राउ परेलगत्तै सादा पोशाक लगाएका प्रहरी रास्वपाको मुख्यालयमा परिचालित भएको समाचार छन् । अहिले सभापति लामिछाने रास्वपाको मुख्यालयमा नै रहेको बताईको छ ।

तस्विर : उत्तम पन्त/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्