Logo

रवि लामिछानेले कानूनको पालना गर्नुपर्ने एमाले नेता बडालको भनाई (भिडिओसहित)



काठमाडौं, ७ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता केशब बडालले रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी देखिएकोले कानूनको पालना गर्नुपर्ने बताएका छन् । उनले कानूनको पालना गर्दिनँ भन्ने रवि लामिछानेलाई चुनाव जिताएको भन्दै उने चितवनका जनताप्रति प्रश्न गरे ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले रवि लामिछानेले कानून पालना नगरेको प्रसंग निकाल्दै यो देशले कस्तो मान्छेलाई गृहमन्त्री बनाएको रहे भनेरपनि प्रश्न गरे । उनले दुर्गा प्रसाईंलाई चाहीँ मानसिक समस्या भएकोले उपचार गर्नुपर्ने टिप्पणी गरे ।

उनले भने,‘विचारा दुर्गा प्रसाईंको कुरा नगर्नुहोस, उहाँमा त मानसिक समस्या भएको छ। उहाँलाई उपचारको आवश्यक छ । गोविन्द केसीले उहाँलाई अलिकति मानसिक समस्या बनाउनुभयो ।’



प्रतिक्रिया दिनुहोस्