Logo

सुनको मूल्य १ लाख ६० हजार नजिक



काठमाडौं, असोज ८ । नेपाली बजारमा आज सुनको मूल्य ५०० रुपैयाँ बढेर प्रतितोला १ लाख ५९ हजार ७०० रुपैयाँ पुगेको छ । यो उच्च हालसम्मकै मूल्य हो । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २०० रुपैयाँ कायम थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्