Logo

सहकारी ठगी प्रकरण: छविलालको बयान सुरू, बयानपछि रविलाई पक्राउ गरिने



काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक तथा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीको बयान सुरु भएको छ । कास्की प्रहरीको हिरासतमा रहेका जोशीसँग आजबाट सरकारी वकिलको कार्यालयमा बयान लिन सुरु गरेको हो ।

जोशीविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध, किर्ते, सम्पत्ति शुद्धीकरण लगायत मुद्दामा अनुसन्धान हुनेछ । उनी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए ।

उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय समितिले गरेको सिफारिसका आधारमा जोशी पक्राउ परेका हुन् । समितिले जोशीसहित रास्वपाका सभापति रवि लामिछाने, जीवी राई लगायतमाथि कानूनी कारबाही गर्न सिफारिस गरेको छ । जोशी पक्राउ परेपनि रवि पक्राउ परेका छैनन् । जोशीको बयानपछि आवश्यक कानूनी प्रक्रिया पूरा गरेर पक्राउ गर्ने प्रहरीको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्