Logo

राजतन्त्र र गणतन्त्र फेल भैसके, अब ज्ञानतन्त्रको समय आयो : जय साह



काठमाडौं, ८ असोज । नेपाललाई विश्व गुरू बनाउनेमा अभियानमा सक्रिय जय साहले अब नेपालमा ज्ञानतन्त्रको सरकारको समय आएको बताएका छन् । उनले सयौं वर्षसम्म राजतन्त्र र अहिलेको गणतन्त्रले देश कंगाल बनाएको दाबी गर्दै यस्तो टिप्पणी गरेका छन् ।

उनले राजतन्त्रलाई परिवारवाद र तरवारवादको युग भनेका छन् भने गणतन्त्रलाई भने गुण्डाहरुको राज भनेका छन् । उनले ज्ञानतन्त्र चाहीँ विज्ञहरुको तन्त्र हुने उल्लेख गरेका छन् । उनले सत्ययुग समाज पार्टीको पनि परिकल्पना गरेका छन् । त्यही पार्टीले अब नेपालमा ज्ञानतन्त्र ल्याउने उनको महत्वकांक्षी घोषणा छ । उनले अब देशको शासन व्यवस्था अनार्तशास्त्रीहरुको हातबाट खोसेर अर्थशास्त्रीहरुको हातमा दिईने उद्घोष गरेका छन् ।

साहले फेशबुकमा लेखेका छन्–



प्रतिक्रिया दिनुहोस्